काठमाडौंमा राजावादी प्रदर्शन उग्र बनेपछि प्रशासनले केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशअनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार अपराह्न ४:२५ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू आदेशअनुसार, तोकिएको सीमाभित्र कसैले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्।
कर्फ्यू लागेको क्षेत्रहरू:
गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर
कोटेश्वरदेखि जडिबुटी पुल
कोटेश्वरबाट बालकुमारी पुलसम्म
बानेश्वर चोकदेखि शंखमुल पुलसम्म
गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म
काठमाडौं प्रशासनले जनताको सुरक्षाका लागि कर्फ्यू आदेश जारी गरिएको बताएको छ। सुरक्षा संवेदनशीलता कायम राख्न आम नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १६:३२ शुक्रबार