१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:५६ पूर्वाह्न
समाज

प्रदर्शन तनावपूर्ण भएपछि दुर्गा प्रसाईं: म नरहे पनि आन्दोलन नरोकियोस्

तीनकुनेमा राजावादीहरूको प्रदर्शन तनावपूर्ण बनेपछि प्रदर्शनका जन कमाण्डर दुर्गा प्रसाईंले आफ्नो अभिव्यक्ति दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रसाईंले सरकारले हाम्रो मुख थुन्न खोजेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, 'साथीहरू आज यो नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तिपूर्ण रुपमा कार्यक्रम स्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो, लाठीचार्ज गर्‍यो अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रुग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु सम्म गर्न दिएन ।'

'उनले आफू रहे नरहे पनि प्रदर्शन रोकिन नहुने बताएका छन्। मैले सुन्दै छु मलाई यो सरकारले बाकी नराख्ने योजना बुन्दै छ, म रहुँला नरहुँला आन्दोलन नरोकियोस्, यो व्यवस्था फेरेर मात्र यो अभियानले शान्तिको सास फेर्नेछ', उनले भने, 'प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो, कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाइते साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।'

प्रकाशित: १५ चैत्र २०८१ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App