३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

विशेष अधिवेशनको पक्षमा सिरहा कांग्रेसको बहुमत

नेपाली कांग्रेस सिरहाबाट महाधिवेशन प्रतिनिधि चुनिएका बहुमत प्रतिनिधि महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्माले समर्थन गरेका विषेश महाधिवेशनमा भाग लिन काठमाडौं गइरहेका छन् । केही महाधिवेशन प्रतिनिधि काठमाडौं पुगि पनि सेकेका छन् ।

सिरहाका-४ निर्वाचनका १०३ जना महाधिवेशन प्रतिनिधि छन् । जसमध्ये क्षेत्र–१ बाट १५ जना, क्षेत्र–१०, क्षेत्र–२५ र क्षेत्र–४ बाट १२ जना गरी ६२ जना सहभागी भइरहेको जिल्ला सचिव शैलेन्द्र यादवले जानकारी गराए । अझै थपिने क्रम बढ्ने उनले दाबी गरे ।

विगतमा पार्टी सभापति शेरबहादुर देउवा पक्षमा रहेका जिल्ला सचिव यादव, सह–सचिव रामबाबु यादव, उपसभापति सुनिल कुमार महतोलगायत विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरेर पठाउने कार्य गरिरहेका थिए ।  कोइराला पक्षका  नेपाल ट्रेड युनियन कांग्रेसका सभापति संजीव उपाध्याय पनि अहिले विशेष महाधिवेशनमा सहभागी हुँदै छन्  ।

शेखर कोइराला पक्ष मानिएका महासमिति सदस्य डा. सुभाष चन्द्र यादव, पूर्वजिल्ला उपसभापति रामसुन्दर चौधरीलगायत पनि हस्ताक्षर गर्नेमा थपिएपछि सिरहामा अब शेखर कोइराला र देउवा पक्षमा महाधिवेशन प्रतिनिधि कम देखिएको छ। विशेष महाधिवेशनमा बहुमत भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

‘देशको अहिले राजनीतिक अवस्था फेरिएको छ। कांग्रेसमा आम नागरिकले पनि सुधार खोजिरहेको छ। विधानको पालना मुख्य विषय हो । अहिलेको नेतृत्वमा पार्टी चुनावमा जाँदा राम्रो सन्देश जाँदैन, 'सचिव यादवले भने,‘पार्टीले समयमै नियमित महाधिवेशन गर्नुपर्थ्यो । त्यो विभिन्न बहानामा ढिलाइ गरेको छ। अब विशेष अधिवेशन नै हुनुपर्छ ।’ आम कार्यकर्ताको आवाज नेतृत्व वर्गले सम्बोधन गर्नुपर्ने उनले सुनाए ।  

 

प्रकाशित: २५ पुस २०८२ १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App