२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

भृकुटीमण्डप पुगेर विश्वप्रकाश र चन्द्र भण्डारीले के भने?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेताहरू डा. चन्द्र भण्डारी र डा.सुनील शर्मासँगै भृकुटीमण्डप पुगेका छन्। महामन्त्री शर्मा विशेष महाधिवेशन आह्वानकर्तामध्ये एक हुन्। तर, उनी पछिल्ला केही दिन यता सार्वजनिक स्थलमा देखिएका थिएनन्। जसले उनीमाथि कतिपयले संशय प्रकट गरिरहेका थिए।  

यसैबिच महामन्त्री शर्मा विशेष महाधिवेशन पक्षधरले तोकेको महाधिवेशनस्थल अवलोकन गर्न भृकुटीमण्डप पुगेका हुन्। भृकुटीमण्डपमै पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन स्थल तोकिएको छ।  

त्यहाँ पुगेर महामन्त्री शर्माले पार्टीको विधानबमोजिम प्रक्रिया पूरा भएपछि विशेष महाधिवेशनले वैधानिकता पाउने धारणा राखेका छन्। उनले आफू कुनै गुट वा संस्थापन/इतर भन्नुभन्दा पनि पार्टीको महामन्त्रीको हैसियतले विधि र विधानको पालना गर्न लागेको दाबी गरे।  

विशेष महाधिवेशनले पार्टी फुट्नेमा विश्वास नगर्न पनि महामन्त्री शर्माले आग्रह गरे।  

महामन्त्री शर्मासँगै भृकुटीमण्डप पुगेका नेता भण्डारीले आफू पार्टीभित्रको विवाद मिलाउँदै एकताको सन्देश दिन सक्रिय रहेको प्रतिक्रिया दिए। पार्टीलाई एकताबद्ध बनाउन र विधिमा चलाउन आफूहरू निरन्तर लागिरहेको भण्डारीले बताए।  

प्रकाशित: २५ पुस २०८२ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App