नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणा पत्र लेखनको काम सुरु गरेको छ।
निर्वाचन आउन मात्र ५५ दिन बाँकी रहँदा नेकपाको निर्वाचन घोषणापत्र मस्यौदा समितिको बैठक बसेको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको उपस्थितिमा बसेको मस्यौदा समितिको बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे सुझाव संकलन भइरहेको एक नेताले जानकारी दिए । बैठक नेकपाको मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी छ ।
नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको समितिले पार्टीको निर्वाचन घोषणापत्र मस्यौदा तयार पारी पार्टीमा बुझाउनेछ । त्यसमा आवश्यक छलफल र संशोधनपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी नेकपाको छ ।
प्रकाशित: २५ पुस २०८२ १५:४४ शुक्रबार





