इटहरीको मुख्य चाेकमा रहेको सुपर मार्केट सेन्टर प्लाजामा आगलागी भएको छ ।
१० तले प्लाजाको पाँच तलामा रहेको होटेल बरान्डाबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी स्थलबाट दुई जनालाई उद्धार गरिएको छ । अरु पनि केही व्यक्तिभित्रै भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन सकेको छैन।
बिहान नौ बजेदेखि सुरु भएको आगलागी दुई घण्टा बित्ती सक्दा पनि नियन्त्रणमा आएको छैन । नियन्त्रणका लागि इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैँचा लगायतका स्थानिय तहका दमकलसहित नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको टोली खटिएको छ । आगलागी के कारणले भएको अहिलेसम्म खुल्न सकेको छैन ।





प्रकाशित: १३ चैत्र २०८१ ११:३१ बुधबार