२० चैत्र २०८१ बुधबार
image/svg+xml ३:४३ पूर्वाह्न
समाज

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

क्याप्शन

अर्घाखाँचीको भुमिकास्थानका दुई युवाको पौडी खेल्ने क्रममा ज्यान गएको छ।

भुमिकास्थान–१०, धनचौरको देउराली नेटाका १९ वर्षीय दिलिप नेपाली र १७ वर्षीय अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा पौडी खेल्न गएका ६ जनामध्ये दुई जनाले ज्यान गुमाएका हुन्। पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछि संगै गएका साथीहरूले आफन्तलाई खबर गरेका थिए।

आफन्त र धनचौर प्रहरीको खोज तलासपछि मृत भेटिएका दुवै जनालाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १६ चैत्र २०८१ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App