पछिल्लो समय पोखरामा पूदूषणको तह उच्च देखिन थालेको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका बुधबार पोखरामा वायु पूदूषणको तह १८७ एक्यूआई पुगेको छ । यो देशैभरका सहरहरुमा भन्दा बढी हो ।
बुधबार विश्वका प्रदूषित सहरहरुमा सातौं स्थानमा रहेको काठमाडौंको १६१ एक्यूआई रहेको छ । वातावरण विभागका अनुसार भरतपुरको १७० एक्यूआई, भैैसेपाटीको १५४, काठमाडौं रत्नपार्कको १५१ एक्यूआई मापन भएको छ । खुमल्टार, शंखपार्क, धुलिखेल, भक्तपुरलगायतका सहरहरु पनि प्रदूषित देखिएका छन् ।
मंगलबार शंखपार्क मा २०८ एक्यूआई देखिएको थियो । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकलाई राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआईभन्दा माथि भए खतरनाक तहमा पुगेको मानिन्छ ।
आईक्यू एअरका अनुसार बुधबार भियतनामको हानोई २१३ अंकसहित प्रदूषित सहरको सूचिमा पहिलो नम्बरमा छ । दोस्रो स्थानमा रहेको चीनको वुहानमा १६३ अंक र आठौं स्थानमा रहेको भारतको दिल्ली १६० अंक देखिएको छ ।
प्रकाशित: ३० माघ २०८१ १२:५९ बुधबार