अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन।
उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन।
पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनहरुले आफूखुसी करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया बन्द गर्न माग गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महंगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ।
पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ।
विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतको लागि १० घण्टासम्म बन्द हुने भएसँगै विमानस्थलको विकल्प गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्नेछन्।
तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना हुने भएको हो।
थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ। उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो।
पोखरामा आइतबार आयोजित भाइटिका महोत्सवमा १२ देशका ५६ जना विदेशी पर्यटकले भाइटिका लगाएका छन्।
अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्र निराश छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई भित्र्याएको हो।
सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु रु आठ सय ५० का दरले भाडादर निर्धारण गरेको छ। चारजना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम रु तीन हजार चार सय भाडा तिर्नुपर्छ।
पोखरा महानगरपालिका–३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय सञ्चालनका लागि मुठीदान अभियान सुरु गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ।