५ चैत्र २०८१ मंगलबार
image/svg+xml
राजनीति

'पपुलिस्ट हावा' चलिरहेको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जानु हुँदैन : ज्ञवाली

पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले प्रणाली परिवर्तन मात्रै समाधान नभएको बताएका छन्।

बुधबार (आज) काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आयोजना गरेको 'नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनितिको औचित्य र आधार' विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

'प्रणाली परिवर्तन मात्रै समाधान भनेर अगाडि बढ्यौँ भने थप बढी समस्या आउँछ,' उनले भने।

उनले अगाडि भने, 'प्रत्यक्ष निर्वाचित राष्ट्रपति एक मात्रै समाधान हो भन्ने तरिकाले बुझ्नु हुँदैन। त्यस पनि प्लस पोइन्टहरू होलान्। तर, नेपाल जस्तो भूराजनीतिक अवस्था भएको देश, त्यो पनि यस्तो पपुलिस्ट हावा चलिरहेको बेला र एउटा पपुलिस्ट शक्तिमा पुग्दा के हुँदोरहेछ भन्ने युक्रेनको तस्बिर देखिरहेको अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समाधान हो भन्न मिल्दैन।'

प्रकाशित: २८ फाल्गुन २०८१ १४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App