१४ माघ २०८१ सोमबार
image/svg+xml
समाज

फुपू-भदैनी मृत्यु प्रकरण : शंकास्पद २ जना पक्राउ

अछाममा दुई किशोरी मृत्यु प्रकरणमा जोडिएको भन्दै प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।  

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाको ढकारी गाउँपालिकाबाट आइतबार साँझ २ जनालाई सोधपुछका लागि पक्राउ गरिएको हो। उनीहरूको पहिचान नखुलाएको प्रहरीले दुवैजना २० वर्षमुनिका भएको भनेको छ। 

शुक्रबार सोही गाउँपालिकाको ढकारी गाउँपालिका–१ मा बाख्रा चराउन गएका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का शनिवार मृत फेला परेका थिए। 

एकै परिवारका उनीहरूबीच सरस्वती (फुपू) र इशरा (भदैनी) नाता पर्छन्। दुवैको शव स्थानीय सुनघर सामुदायिक बनमा फेला परेको थियो। घटनापछि परिवारले हत्याको आशंका गर्दै छानबिनको माग गर्दै आएको छ। 

प्रकाशित: १४ माघ २०८१ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App