२५ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

अब ५५ हजारमै कोरिया

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारका लागि ५५ हजार रुपैयाँ हवाई भाडादर कायम भएको छ। यसअघि कोरिया जान हरेक कामदारले एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो।

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा.लि.को प्रस्ताव स्वीकृति गरेसँगै नेपाली कामदार ५४ हजार ९९१ रुपैयाँमा हवाई टिकटमा कोरिया जान पाउने भएका हुन्।

इपीएस कोरिया शाखाले गत कात्तिक १३ बोलपत्र आह्वान गरेपछि कम्पनीले भ्याट बाहेक ४८ हजार ६४५ रुपैयाँको प्रस्ताव पेस गरेको थियो।  

कोरोना महामारीपछि सिधा हवाई उडानबाट मात्र कामदार ल्याउन कोरिया सरकारले गरेको आग्रहपछि भाडादर उच्च बनेको थियो। अब भने ट्रान्जिट राखेर कामदार कोरिया जानेछन्।

प्रकाशित: १८ पुस २०८१ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App