२२ पुस २०८१ सोमबार
image/svg+xml
समाज

इटहरीमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर

इटहरीमा शंकास्पद वस्तु निस्क्रिय पार्दै सेनाको टोली। तस्बिर : नागरिक

इटहरी उपमहानगरपालिका अगाडि मंगलबार बिहान भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको छ। बिहानै बम राखिएको हल्ला फैलिएपछि नेपाली सेनाको कालीशक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कुकरभित्र राष्ट्रिय सुरक्षा दल (एनडिएस) केन्द्रीय अध्यक्ष नसिम लेखिएको पर्चा भेटिएको छ। पर्चाका आधारमा व्यक्ति पहिचान गर्ने काम भइ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी रामप्रसाद तिम्लिसिनाले बताए।  

मंगलबार बिहान इटहरी उपमहानगरपालिका कार्यालयको गेट अगाडिसँगै सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलनजिकै र धरानको भोटे पुलनजिकै बम राखिएको हल्ला फैलिएको थियो। तर, सेनाको बम डिस्पोजल टोलीले भने बुढी खोला र धरानको भोटे पुलमुनि भने केही पनि फेला नपारेको डिएसपी तिम्लिसिनाले बताए।

प्रकाशित: १६ पुस २०८१ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App