धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ०८४ मा आफ्नो शक्तिलाई जिताउन आह्वान गरेका छन्।
सोमबार (आज) साँझ आफ्नो फेसबूक ह्यान्डलमार्फत उनले यस्तो आह्वान गरेका हुन्। '०८४ मा हाम्रो शक्तिलाई जिताउनु होला । सुशासन र विकासको नमूना देखाउनेछौँ,' उनले भनेका छन्।
अन्यथा रुँदै बस्नुपर्ने अवस्था आउने हर्कको भनाइ छ। 'नत्र रुँदै बस्नु । तर, गुनासो नगर्नु । हामी यस्तै त हो नि हो ब्रो भन्दै बस्नु,' उनले भनेका छन्।
हर्कले ०८४ को निर्वाचनअघि पार्टी गठन गर्ने बताउँदै आएका छन्।
प्रकाशित: २२ पुस २०८१ २१:२७ सोमबार