२४ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

'देश बिग्रनुमा नेताको मात्रै हात छैन'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बिग्रनुमा नेताको मात्रै हात नभएको बताएका छन्।

सोमबार प्रगतिशील पत्रकार संघ, नेपालको १८औं स्थापना दिवसको अवसरमा बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘देश बिगार्नमा नेताको मात्रै होइन, मिडिया र जनताको पनि हात हुन्छ’ केसीले भने, ‘पहिला त नेता ठीक हुनुपर्‍यो। नेताले गल्ती गरे मिडियाले खबरदारी गर्नुपर्‍यो। अनि जनताले सजाय दिनुपर्‍यो। यी तीनवटै तत्व ठीक नभएसम्म देश बन्दैन।’

प्रकाशित: २२ पुस २०८१ २१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App