२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

आज हिमाली जिल्लामा तोल ल्होसार मनाइँदै

फाइल तस्विर

प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ।तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ। ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ। 

त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ। तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ। सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ।

 तामाङ जातिले भने आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन्। तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ।

हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन्। घर, आँगन लिपपोत गरी चोखो बनाउँछन्। लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ। 

आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ। ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ। रासस

प्रकाशित: १६ पुस २०८१ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App