१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

दिनभर जिल्ला अदालतमा रवि, छविलाई प्रश्नका चाङ

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान मंगलबार पनि हुन सकेन ।

पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई बिहानै लगिएपनि रविलाई दिनभर कास्की जिल्ला अदालत परिषरमै राखिएको हो । आइतबार विभिन्न तीन अभियोगमा मुद्दा दर्ता गरिएपछि रविलाई सोमबार पनि बयानका लागि अदालत लगिएको थियो । तर मंगरबासम्म पनि उनको बयान सुरु हुन सकेन ।

पूर्वडीआईजी जोशीसँगको बयान भने मंगलबार सकिएको छ । उनलाई न्यायाधीश नितिज राईले लगातार दुई दिन २३ प्रश्न सोधेका थिए । जोशीले आफूमाथि लागेको आरोपको इन्कार गरेका थिए ।

छविसँगको बयान सकिएपछि मंगलबार अदालतमा अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको छ । अदालतका एक अधिकारीका अनुसार, अर्का प्रतिवादी खनालको बयानपछि मात्र रविसँग सोधपुछ हुनेछ ।

प्रकाशित: ९ पुस २०८१ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App