बालकोटमा बुबा र भाइको हत्या आरोपी मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आफूले बालकोटमा बुबा र भाइलाई मारेको भन्दै आचार्यले आत्मसमर्पण गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए।
भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए। उनीहरूको हत्या कूलप्रसादकै जेठो छोरा मिलनले गर्न सक्ने प्रहरीले अनुमान गरेको थियो।
प्रकाशित: ९ पुस २०८१ १२:३३ मंगलबार