२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दैलेखमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सुर्खेतबाट दैलेख आउँदै गरेको लु२ख ४००८ नम्बरको मिनी ट्रकको ठक्करबाट नारायण नगरपालिका–६ की ४२ बर्षिया अमृता कार्मीको घटनास्थलमा नै मृत्यु भएको हो। 

प्रहरीका अनुसार नारायण नगरपालिका–८ मालपोत कार्यालय नजिकै दुर्घटना भएको थियो। ट्रक चालक रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ बस्ने २९ वर्षका गणेश दमाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिएकाे छ। 

प्रकाशित: २४ मंसिर २०८१ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App