१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंकाे रिट न्यायाधीश शर्माको इजलासमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे  बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश मनोज शर्माको एकल इजलासमा परेको छ। 

शुक्रवार उनको पक्राउविरुद्ध छोरा निराजन प्रसाईंले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै उनले केही शंकास्पद डकुमेन्ट सार्वजनिक गरेका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले प्रसाईँलाई गत मंगलबार नियन्त्रणमा लिएको थियो। प्रसाईंमाथि साइवर अपराधसहित सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ मंसिर २०८१ ११:२७ आइतबार

#Durga Prasai #suprime court