३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

गौशालामा चल्यो महानगरको डोजर, अवरोध गर्ने तीन जना पक्राउ(तस्बिरहरू)

चक्रपथको सीमा मिचिएको भन्दै गौशाला क्षेत्रमा बनेका केही संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । नगर प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा शुक्रबार महानगरले अतिक्रमित संरचनामा डोजर चलाएको हो । 

महानगरले डोजर चलाउँदा स्थानीय अवरोधमा उत्रिएका थिए । जसमध्ये एक अभियन्ता सुमन सायमी पनि एक थिए । उनी काठमाडौं महानगरपालिकाको स्वतन्त्र उम्मेदवार रहेका व्यक्ति पनि हुन् । 

सायमीसहितका केही युवा डोजर अगाडि उत्रिएर सडकमै सुतेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा नै लिएको छ । उनीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखेको छ । 

चक्रपथ सडक सीमा २५ मिटर तोकिएको छ । सीमाभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको हो । 

चक्रपथ सडक संघीय सरकारको सडक विभाग मातहत नै छ । तर संरचना हटाउन  महानगरले अग्रसरता लिएको छ ।  जसमा विभागको समेत सहमति छ । 

प्रकाशित: ३० कार्तिक २०८१ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App