३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछारेझैं पछार्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन शाह दुवैलाई पराजित गर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर साम्पाङले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीले दुवै जनालाई ‘पाहा पछारेझैँ’ पछार्ने दाबी गरेका हुन्।

उनले लेखेका छन्, ‘हामी केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछारेझैँ पछार्नेछौँ ! जति नै भ्रमको अन्धकार छर, म आएर बोलेपछि एकै सेकेन्ड तिमीहरूको भ्रम टिक्नेवाला छैन।’

पछिल्लो समय एमाले अध्यक्ष ओलीको गृहक्षेत्र तथा ‘गढ’ मानिने झापा–५ मा काठमाडौंका मेयर बालेन शाहले उम्मेदवारी दिने चर्चा चलिरहेको छ।

बालेन र ओलीबिच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण भइरहँदा तेस्रो शक्तिका रूपमा उदाएका साम्पाङले पनि सोही क्षेत्रमा आफ्नो दाबी पेस गर्दै दुवैलाई चुनौती दिएका हुन्।

साम्पाङ श्रम संस्कृति पार्टी मार्फत् आगामी फागुन २१ गते हुने निर्वाचनमा देशव्यापी उम्मेदवारी दिने तयारी गरिरहेका छन्।

प्रकाशित: १ माघ २०८२ २१:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App