२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई घण्टा खुलेर फेरि बन्द भयो बीपी राजमार्ग

यात्रा नगर्न प्रहरीको अनुरोध

बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। १४ दिनपछि पहिलो पटक शुक्रबार विहान खुलेको राजमार्गमा यातायात सञ्चालन भएको दुई घन्टामै पुन अवरुद्ध भएको हो।  

शुक्रबार बिहान ८ बजेदेखि एकतर्फी सञ्चालन भएको राजमार्गमा पहिरो खसेपछि फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ। काभ्रेको रोशी गाउँपालिका ११ बुलढुंगामा सुख्खा पहिरो खसेको हो।  

पहिरोका कारण एउटा बस रोशी खोलामा खसेको छ  भने अर्को   टाटासुमो पुरिएको प्रहरीले जनाएको छ। त्यस्तै पहिरोले पहिरो खुलाउन प्रयोग गरिएको एउटा जेसिबीमा समेत क्षति पुगेको छ।  

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बा४ख ४३५२ नम्बरको बसलाई पहिरोले रोशी खोलामा खसालेको हो भने  खोटाङबाट आउँदै  गरेको ना १ ज/ ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ।  पहिरोका कारण मानवीय क्षति भने नभएको प्रहरीको जनाएको छ।अहिले पनि पहिरो खसिरहेकाले बिपी राजमार्ग भएर यात्रा नगर्न  प्रहरीले अनुरोध गरेको छ।

काभ्रे प्रहरीले सूचना जारी गरेर  नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित  राजमार्गमा पुन  सुख्खा पहिरो झरीरहेकोले यात्रा नगर्न आग्रह गरेको हो।  

 

 

प्रकाशित: २५ आश्विन २०८१ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App