६ मंसिर २०८१ बिहीबार
image/svg+xml

बिपी राजमार्ग दैनिक सात घण्टा बन्द

सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको भन्दै सडक राति सात घण्टा बन्द गर्न थालेको हो।

क्षतिग्रस्त बिपीराजमार्ग पुनः निर्माणबारे जाइकाद्वारा निरीक्षण

राजमार्गको सडक पुनः निर्माण गर्न सात अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक

बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो।

विपी राजमार्गमा ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य यात्रुहरु

पाँच घण्टा भन्दा बढी जाममा बसेर भएपनि विपी राजमार्गबाटै काठमाडौं आउने गरेका छन्। विपी राजमार्गको यात्राका क्रममा पर्यटकहरु पनि सास्ती व्यहोरिरहेका छन्।

दसैं मान्न घर गएकाहरू बीपी राजमार्गबाटै काठमाडौं फर्किन पाउँछन्: मन्त्री दाहाल

दसैं मनाउन गृह जिल्ला झापा पुगेका मन्त्री दाहालले दसैं मानेर काठमाडौं फर्किने बेलासम्ममा बीपी राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेका बताए।

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

यही असोज ११ र १२ गतेको अविरल वर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ।

दुई घण्टा खुलेर फेरि बन्द भयो बीपी राजमार्ग

काभ्रे प्रहरीले सूचना जारी गरेर नमोबुद्ध तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गा.पा. -११ पिप्ले स्थित राजमार्गमा पुन सुख्खा पहिरो झरीरहेकोले यात्रा नगर्न आग्रह गरेको हो।

बीपी राजमार्गमा गाडी चल्न थाले

धेरैजसो ठाउँमा खोला फर्काएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै सडक मर्मत गरेर गाडी चल्नसक्ने बनाइएको छ। १४ दिनदेखि राजमार्ग बन्दहुँदा पूर्व जाने अधिकांसले यात्रा स्थगन गरेका थिए।

अवरुद्ध चार राजमार्ग आइतबारसम्ममा खुल्ने, विपी राजमार्ग दसैँअघि नखुल्ने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपी राजमार्गमा अलपत्र परेका सवारी साधनहरुको उद्धार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

भौतिक मन्त्रालयले भन्यो: दसैँ अगाडी विपी राजमार्ग खुल्दैन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध विपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ।

बाढीले बगाएको बिपी राजमार्गमा अस्थायी सडक निर्माण गरिँदै

रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रुपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।

सवारीसाधनको चाप हुने बिपी राजमार्ग सुनसान

यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ। राजमार्ग छेउका होटल व्यवसाय ठप्प जस्तै छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिराले राजमार्गमा ठूलो क्षति गरेपछि सवारीसाधन चल्न सकेका छैनन्।

नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आइतबार साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् ।

बिपी राजमार्ग अवरुद्ध,खोलाले बगाएर महिलाको मृत्यु

अविरल वर्षाका कारण खहरे खोलाको लेदोका कारण मंगलबार बिहान ११ः१५ बजेदेखि रोशीस्थित बिपी राजमार्गअन्तर्गत माम्ती सडकखण्ड अवरुद्ध भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्