१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लहानमा खान-पिउन नमिल्ने खाद्य पदार्थ छ्यापछ्यप्ती

सिरहाको लहानस्थित चौधरी होटलमा गुणस्तरहीन खानेकुरा पाइएको छ । अनुगमनको क्रममा गुणस्तरहीन खानेकुरा पाइएपछि यस होटेललाई सचेत गराउँदै ५ हजार जरिवाना भराइएको छ ।  

होटलमा एउटै फ्रिजमा राखिएको अवस्थामा भेटिएको पकाएको-नपाएको मासु, तकारीलगायत खानेकुरा खान नमिल्ने भइसकेकोले नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोको संयोजकत्वमा ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय, घरेलु साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, सशस्त्र प्रहरी र खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराजको प्रतिनिधिहरू लहानमा चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको छ।

सोही क्रममा लहान नगरपालिका- १ सहिद गेटदेखि उतरपश्चिममा संचालित जय माता दी होटलका समोसा र लिटिमा किरा भेटिएको छ । यस होटेल संचालकलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । बाँकी समोसा र मैदा जफत गरिएको छ ।  

लहान नगरपालिका- ३ स्थित  कृष्णा सप्लायर्सबाट अनुगमन टोलीले  ठूलो परिमाणमा म्याद गुज्रिएका पेयपदार्थ बरामद गरेको छ । गोदाममा भेटिएकोदुई सय क्यारेट स्प्राईट नष्ट गरिएको समितिले जनाएको छ । गत असोज १५ गते म्याद गुज्रिएको १ लाख २५ हजार ६८० रुपैयाँ पेयपदार्थ नष्ट गरिएको थियो ।  

तीनभित्र आफैंले सबै म्याद गुज्रिएको पेयपदार्थ हटाउन समय दिइएको अनुगमन टोलीले थप जाँच गर्दै शुक्रबार म्याद गुज्रिएका पेय पदार्थ नष्ट गर्न आइतबारसम्म पुनः समय दिइएको छ ।  

गत असोज १५ गते अनुगमनको क्रममा लहानको चर्चित साकाहारी होटेल माखन भोगको समोसामा किरा भेटिएको थियो । सो क्रममा होटेल संचालकलाई २० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

प्रकाशित: १८ आश्विन २०८१ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App