३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

भैँसीसँग ४ वटा सवारीसाधन ठोक्किँदा ५ जना घाइते

विराटनगर महानगरपालिका–१४ मलाया रोडमा भैँसीसँग सवारीसाधन ठोक्किँदा ५ जना घाइते भएका छन्।

गयराति भैँसीसँग २ वटा मोटरसाइकल, एउटा कार र एउटा जिप ठोक्किएको थियो। दुर्घटनामा भने भैँसी मरेको छ।

सडक पार गर्दै गरेको छाडा भैँसीसँग सुरुमा जिप ठोक्किएको थियो। जिपसँग ठोक्किएर भैँसी लड्यो। लडेको भैँसीमा कार र २ वटा मोटरसाइकल पनि ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ।

को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार २ जना, को ११ प २९०९ नम्बरको मोटरसाइकलमा सवार १ जना र बा २९ च २६१८ नम्बरको कारमा सवार २ जना घाइते भएका थिए।

घाइतेहरुको अवस्था सामान्य रहेकाले विराटनगरकै न्यूरो अस्पतालमा उपचारपछि उनीहरु घर फर्किएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८१ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App