कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिएका थिए।
प्रकाशित: १७ पुस २०८२ १७:१८ बिहीबार





