१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

खेलिरहेका ठाउँमा चट्याङ पर्दा एक बालकको मृत्यु

मोरङको सुनबर्षीमा चट्याङ लागेर १ जना बालकको मृत्यु भएको छ।

बालबालिका खेलिरहेका ठाउँमा आइतबार दिउँसो परेको चट्याङले लागेर १ जना बालकको मृत्यु भएको छ भने १ जना बालिका घाइते भएकी छन्।

सुनबर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो। राजाबुल आलमकी छोरी ८ वर्षीया नजुरा खातुन घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि बालबालिका खेलिरहेका बेला २ बजेतिर चट्याङ परेर बालबालिका घाइते भएको डिएसपी बस्नेतले बताए।

चट्याङले लागेर बेहोस भएका सोफियनलाई उद्धार गरेर रङ्गेली अस्पताल ल्याइएको थियो। उपचारका क्रममा पौने ३ बजेतिर उनलाई चिकित्सकले मृत घोषित गरे र जाराको रङ्गेली अस्पतालमै उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको डिएसपी बस्नेतले बताए। 

प्रकाशित: २३ भाद्र २०८१ १७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App