गृहमन्त्री सुधन गुरुङले आइतबार बिहान आफैं गाडी चलाएर काठमाडौं र ललितपुरका विभिन्न स्थानको अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनी बिहानै रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना पुगेका थिए।
त्यसपछि ललितपुरको सातदोबाटोस्थित सशस्त्र प्रहरी बलको कार्यालयको निरीक्षण गरेका थिए। स्थल निरीक्षणपछि फर्कँदै उनले सुरक्षा निकायको कामकारबाही, ट्राफिक व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन्।

.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित: १४ चैत्र २०८२ ११:५२ शनिबार





