ग्रीसको समुन्द्री तटमा एउटा डुङ्गा फसेपछि २२ जना आप्रवासीको मृत्यु भएको छ।
डुङ्गामा जीवित रहेका व्यक्तिहरूलाई उदृत गर्दै शनिबार ग्रीक तटरक्षकले सो बताएका हुन्।
यस अघि शुक्रबार राति तटरक्षकले एक महिला र एक नाबालिकासहित २६ जनालाई युरोपेली सीमा एजेन्सीको जहाजले क्रेटबाट उद्धार गरेको बताएको छ। जसमा दुईजना घाइतेहरूलाई क्रेटको हेराक्लिओनको अस्पतालमा लगिएको छ।
जिवित मानिसहरूले मृतकहरुको शव समुद्रमा फ्याँकिएको बताएका छन्। यात्राको क्रममा डुङ्गामा सवार यात्रुहरूले छ दिन सम्म खाना र पानीको अभावमा समुद्रीतटमा ज्यान गुमाएको तटरक्षकले बताएका छन् ।
मृतकको शवहरू एकजना तस्करको आदेशमा समुद्रमा फ्याँकिएको बताइएको छ। ग्रीक अधिकारीहरूले १९ र २२ वर्षका दुई दक्षिण सुडानी पुरुषहरूलाई तस्करको आरोपमा पक्राउ गरेका छन्।
डुङ्गा गत मार्च –२१ मा पूर्वी लिबियाको बन्दरगाह शहर टोब्रुकबाट ग्रीसको लागि प्रस्थान गरेको बताइएको छ। जुन युरोपेली सङ्घमा शरण खोज्ने धेरै आप्रवासीहरूको प्रवेशद्वार भएको बताइएको छ।
प्रकाशित: १४ चैत्र २०८२ १७:३८ शनिबार




