१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो जाँदा सात जनाको मृत्यु भएको छ।

जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम–पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले पुष्टि गरेका छन्।  

प्राकृतिक प्रकोप पछि धेरै सवारी साधनहरू भग्नावशेष मुनि फसेको जनाउँदै  दुर्घटना पछि हालसम्म राजमार्ग पूर्ण  रूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन्।  

पछिल्लो मिडिया रिपोर्टका अनुसार शवहरुको बरामद र घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिए सँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ। सिन्ह्वा

प्रकाशित: १४ चैत्र २०८२ १७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App