१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री शाहलाई दाहालको शुभकामना: गणतन्त्र नेपालको सुदृढीकरणमा महत्वपूर्ण योगदान रहने विश्वास

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएकोमा दाहालले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। साथै, उनले नवनियुक्त मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई पनि बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन्।

सन्देशमा उनले भनेका छन्, ‘सुशासन, सामाजिक न्याय र समृद्धिप्रतिको जनअपेक्षा पूरा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरणमा तपाईंहरूको महत्वपूर्ण योगदान रहने विश्वास लिएको छु।’

प्रकाशित: १४ चैत्र २०८२ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App