१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीको गिरफ्तारीविरुद्ध सशक्त रूपमा लड्छौं : रामकुमारी झाँक्री

फाइल तस्बिर

नेकपा एमालेकी नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गरेकी छिन्। 

उनले गौरी बहादुर कार्की आयोगको प्रतिवेदन एकपक्षीय र पूर्वाग्रहपूर्ण रहेको बताएकी छिन्। झाँक्रीले भनेकी छिन्, ‘पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो।’

यस कदमको विरुद्ध आफूहरू कानुनी र राजनीतिक दुवै मोर्चामा सशक्त रूपमा लड्ने उनले बताएकी छिन्।

प्रकाशित: १४ चैत्र २०८२ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App