३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

अवरुद्ध पृथ्वीराजमार्गमा यातायात सञ्चालन

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो।

सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात  दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। 

प्रकाशित: २२ भाद्र २०८१ ०९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App