३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली नोटसहित तीन जना पक्राउ

कपिलवस्तुको यशोधरा गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट पाँच सयदरका आठ हजार नेपाली नोटसहित ३ जना पक्राउ परेका छन् ।  

यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलमा एक मजदुरले खुल्लाका लागि पाँच पाँच सयका नोट साटेपछि शंका लागेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा यशोधरा गाउँपालिका ७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका संचालक ५८ वर्षीय मनोजकुमार चौधरी, यशोधरा ४ परसोहियाका त्रियोगि कलवारका ३८ वर्षीय छोरा मयाराम गुप्ता र उनकी श्रीमती ३६ वर्षीय उर्मिला गुप्ता पक्राउ परेका हुन ।  

मर्यादपुरबाट नक्कली पाँच सयको आठ र परसोहियाबाट नक्कली पाँच सयको आठ गरी १६ वटा नोट बरामद गरिएको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए । उनीहरुविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित: ३१ भाद्र २०८१ १७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App