१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिद्वारा जङ्गी अड्‍डाको भ्रमण

नेपाल भ्रमणमा रहेको भारतीय नेशनल डिफेन्स कलेजका प्रतिनिधिहरुले सोमबार जङ्गी अड्डाको भ्रमण गरेका छन् । सो क्रममा नेपाली सेनाका प्रतिनिधिले डिफेन्स कलेजका शिक्षार्थीलाई सेनाको संरचना र सञ्चालनबारे जानकारी गराइएको थियो ।  

सो अवसरमा भारतीय नौसेनाका वरिष्ठ निर्देशक सन्दीप सिंह संधूले कायममुकायम प्रधान सेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गरेको जंगी अड्डाले जनाएको छ । भेटमा दुई पक्षीय हित तथा आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।  

भ्रमण दलले नेपाली सेनाका केही इकाईका साथै काठमाडौं, पोखरा, लुम्बिनी र जनकपुरस्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

कलेजका प्राध्यापक तथा नेशनल डिफेन्स कोर्समा सहभागी काजकिस्तान, अमेरिका, भुटान, ओमान, अस्ट्रेलिया, जापान र भारतका शिक्षार्थीसहित २० जनाको प्रतिनिधिमण्डल नेपालको पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएको हो । टोलीले सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।  

प्रकाशित: १७ भाद्र २०८१ १६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App