२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

चौकीदारको भूमिकामा सीमा क्षेत्रको सुरक्षा गरी रहेका छौ: सशस्त्र आईजीपी अर्याल

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरीले चौकीदारको भूमिकामा सीमा सुरक्षा गरिरहेको बताएका छन् । उनले आफूहरूले सीमा सुरक्षाको जिम्मेवारी दृढतापूर्वक पूरा गर्दै आएको बताए । सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले कपिलवस्तुको चन्द्रौटामा राखेको सातौं स्थापना दिवसमा बोल्दै उनले सो कुरा बताएका हुन । 

सीमाको प्रभावकारी रूपमा निगरानी र नागरिकहरूको शान्ति सुरक्षा सुनिश्चित गर्न सशक्त रूपमा क्रियाशील रहेको उनले बताए । ‘ सशस्त्र प्रहरी बलले चौकीदारको भूमिकामा रहेर सीमा क्षेत्रको सुरक्षा, अपराध नियन्त्रण, र राजस्व चुहावट रोक्न योगदान दिदै आएको छ ’ उनले भने ‘ राज्यले दिएको अधिकार उपयोग गर्दै नागरिकहरूको शान्ति र सुरक्षा सुनिश्चित गराउन हामी प्रतिबद्ध छौ ’ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) अभिकुमार खत्रीले सशस्त्र प्रहरीले सुरक्षा प्रणालीलाई सुदृढ बनाई नागरिकको बिश्वास जित्न सफल भएको बताए ।

 उनले सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशमा गरेका उपलब्धिका बिषयमा जानकारी गराएका थिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण योगदान दिएको बताए । उनले सशस्त्र प्रहरी अब्बल रहेको र नागरिक र राज्य सत्ता बिचको सम्बन्ध बलियो बनाउन समेत मद्दत गरेको बताए । 

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा सुरक्षा, द्वन्द्व नियन्त्रण, बिपद र सीमा अपराध नियन्त्रणमा सशस्त्रको महत्त्वपूर्ण भुमिका रहेको बताए । सो अवसरमा देउडा, मारुनी नृत्य लगायतका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, र सुरक्षासँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको सहभागीता थियो । 

प्रकाशित: ७ भाद्र २०८१ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App