२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीबाट झन्डै चार लाखको क्षति

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ धुन्चे पाखामा शुक्रवार आगलागी भएको छ । स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रस्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ । 

ग्यासबाट दूध तताउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । तत्कालै प्रहरी वृत्त ठिमी भक्तपुरबाट  प्र.ना.उ. को कमाण्डमा २० जनाको टोली , स्थानीयबासीहरु र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको परिसरमा सूचना अधिकृत राजन कार्कीले जनाए । आगलागीबाट अन्दाजी मूल्य  तीन लाख ५४ हजार बराबरको सामानहरू जली क्षति भएको जनाइएको छ ।

प्रकाशित: ७ भाद्र २०८१ १४:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App