२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

टीकापुर घटनाको ९ वर्ष, रेशम भन्छन्ः हाम्रो श्री सम्पत्ति लुटिएको दिन

कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको छ। २०७२ साल भदौ ७ गते थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा आजकै दिन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको थियो।

घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र आन्दोलनकारी पनि घाइते भएका थिए।

सीमाङ्कनको विरोधमा आन्दोलनरत थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले ०७२ भदौ ७ का दिन सरकारी कार्यालयहरूमा थरुहट स्वायत्त प्रदेश लेख्ने कार्यक्रमको क्रममा निषेधाज्ञा तोडेर अघि बढेपछि आन्दोलन हिसांत्मक बनेको थियो।

छुरा, भाला, बन्चरोसहित घरेलु हतियार बोकेर ८÷१० हजारको सङ्ख्यामा आन्दोलनकारी सडकमा आएका थिए। आन्दोलकारीले सरकारी कार्यालय कब्जा गर्न खोजेपछि कैलालीको मुनुवा गाविस ६ सिलम चौराहमा झडप भएको थियो। सोही क्रममा आन्दोलनकारीले पशुहाट नजिकै एसएसपी न्यौपानेलाई आक्रमण गरेका थिए र, उनको मृत्यु भएको थियो।

आन्दोलनकारीको आक्रमणमा परी इन्स्पेक्टर बलराम विष्ट र केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का र लोकेन्द्र चन्दको पनि घटनामा मृत्यु भएको थियो।

यस्तै सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको मृत्यु भएको थियो।

हिंसात्मक झडपका क्रममा घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको थियो।

उक्त घटनामा कैद सजायसमेत भोगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, 

‘सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन। थारु विद्रोह भएको दिन। हाम्रो श्री सम्पत्ति लुटिएको, आगजनी भएको दिन। कारागारबाट रिहाई भएको करिब डेढ बर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न सकेको छैन। आगजनीका भगनावशेष यथावत छन्। राजबन्दिको पीडाले नागरिक उन्मुक्ति जन्मियो,मैले त केवल अक्षरांस गरेको हुँ। छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दिको नाममा अरुले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन्। टीकापुर विद्रोह दिवसमा सबैलाई स्मरण गर्दछुँ।’ 

प्रकाशित: ७ भाद्र २०८१ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App