४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्रीले दिए बडिमालिका उत्सवको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रसिद्ध प्राकृतिक तीर्थस्थल बडिमालिका मन्दिरमा आइतबारदेखि सुरु भएको बडिमालिका पूजाको शुभकामना दिएका छन्।

ओलीले सामाजिक सञ्जालमा बडिमालिका मन्दिरको एक भिडियो शेयर गर्दै पूजाको शुभकामना दिएका हुन्।

उनले लेखेका छन्, 'सुदूरपश्चिमको प्रसिद्ध प्राकृतिक तीर्थस्थल बडिमालिका मन्दिरमा आज बडिमालिका पूजा भइरहेको छ। समुद्री सतहबाट ४२०० मिटर उचाइमा रहेको यो तीर्थस्थल बाजुरामा पर्छ। श्रावण शुक्ल चतुर्दशीमादेखि जनै पूर्णिमासम्म यहाँ मेला भर्न नेपाल र भारतको टाढा टाढाबाट यात्रीहरू आउँछन्। बडिमालिका उत्सवको सबैलाई शुभकामना !!'

प्रकाशित: २ भाद्र २०८१ १२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App