वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका- ३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी नै सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
पहिरो खसेपछि राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध भएको थियो। सडक खुलेपछि जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
प्रकाशित: ३० श्रावण २०८१ ०९:३६ बुधबार