२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

गत आर्थिक वर्ष ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख बढी राजश्व संकलन

फाइल तस्बिर

ताप्लेजुङ जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले पछिल्ला तीन आर्थिक वर्षको तुलनामा गत आव ०८०-०८१ मा सबैभन्दा बढी राजश्व संकलन गरेको छ।  

जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)दीपक न्यौपानेका अनुसार आव २०८०-०८१ मा कूल ८ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको हो। उनका अनुसार आव २०७९-०८० मा ७ लाख ४७ हजार र आव २०७८-०७९ मा ५ लाख ६९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो।  

पछिल्ला तीन वर्षमध्ये आव २०८०-०८१ मा सबैभन्दा बढी सवारी कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी प्रमुख न्यौपानेका अनुसार गत आवमा १ हजार ३१० सवारी कारवाहीमा परेका थिए। आव २०७९-०८० मा १ हजार ३०० र आव २०७८-०७९ मा ७५० सवारी साधनलाई विभिन्न शीर्षकमा कारबाही गरिएको थियो।  

न्यौपानेका अनुसार आव २०८०-०८१ मा १५ वटा बस, ११८ ट्रक तथा जीप, कार र भ्यान गरी ६४३ वटा कारवाहीमा परे। सोही अवधिमा १७१ वटा ट्रयाक्टर र ३२८ वटा मोटरसाइकललाई पनि कारबाही गरिएको थियो।  

आव २०७९-०८० मा भने २ वटा बस, २५ वटा ट्रक, जीप, कार र भ्यान गरी ५२७ वटा, ट्रयाक्टर १३४ वटा र मोटरसाइकल ५४० वटा कारबाहीमा परेका थिए। आव २०७८-०७९ मा भने एकवटा बस, ११ वटा ट्रक, तथा जीप, कार र भ्यान गरी १५१ वटालाई कारबाही गरिएको थियो । सोही अवधिमा १३० वटा ट्रयाक्टर र ४३० वटा मोटरसाइकल कारबाहीमा परेका थिए।  

प्रकाशित: १० श्रावण २०८१ १६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App