२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बाटोमा फेला पारेको सालक डिभिजन वन कार्यालयमा बुझाइयो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ ऐश्वर्य चौकस्थित बाटोमा फेला पारेको सालक डिभिजन वन कार्यालयलाई जिम्मा लगाइएको छ।

सालक फेला पारेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई खबर गरेका थिए। प्रहरी कार्यालयबाट खटिई गएको टोलीले उद्धार गरी डिभिजन वन कार्यालय ताप्लेजुङलाई जिम्मा लगाएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले बताए।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार उक्त सालकलाई प्राकृतिक वासस्थानमा लगेर सुरक्षित छाडिने छ। 

प्रकाशित: ८ श्रावण २०८१ १२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App