२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

धुवाँले लियाे दिदीबहिनीको ज्यान

जुम्लाको पातारासी गाउँपालिकामा धुवाँले निस्सासिएकी दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ। ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको मृत्यु भएको हो।

दिदीबहिनी दुवै चन्दन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका थिए। सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो। उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

धुवाँले निस्सासिएर बिरामी परेका दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको छ। सुत्केरी सेक्न बालेको आगोको कोइलाको धुवाँमा उनीहरू निस्सासिएका हुन्। निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन्। बच्चाको अस्पतालमा उपचार भइरहेको डिएसपी छेदीलाल कामतीले बताए। तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो।

उनीहरू दुई तले घरमा बस्दा रहेछन् । सुत्केरी भएकाले तेलमा मेथी तताउन आगो बालेको पाइएको छ,’ उनले भने,‘त्यही आगोमा सुत्केरी, उनकी बहिनी र बच्चा निस्सासिएका हुन्। ’प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको र घटनास्थलमा धुवाँको असर बाँकी नै रहेको पाइएको डिएसपी कामतीको भनाइ छ। सोमबार बिहान अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेका थिए। उनीहरू निस्सासिएको अवस्थामा भेटिएका थिए।

प्रकाशित: ८ श्रावण २०८१ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App