२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

बर्खामा नदीजन्य पदार्थ ओसार्ने गाडीलाई कारबाही सिफारिस

निषेधित अवधिमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने गाडीलाई कारबाही गर्न सिफारिस भएको छ। कास्की जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री प्रक्रियाको अनुगमन गर्न बनेको समितिको बैठकले ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ३ (ख ) बमोजिम गैरकानुनी रूपले उत्खनन र ओसारपसार गर्ने ११ वटा सवारीसाधनलाई कारबाही सिफारिस गरेको हो।

कारबाहीका लागि सिफारिस गरिएका गाडीमा ११ वटा टिपर र एउटा ट्याक्टर छन्। निषेधित समयमा अटेर गरी नदीजन्य पदार्थ ओसारपसार गर्ने गाडीलाई कारबाही गर्न पोखरा महानगरपालिकालाई लेखी पठाउने निर्णय भएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिए।

मापदण्डअनुसार बर्खाको समय असार, साउन र भदौमा नदी तथा खानीजन्य सामग्री उत्खनन तथा ओसारपसार गर्न पाइँदैन। मापदण्डविपरीत उत्खनन र ओसारपसारमा संलग्न ग.१क. १५१५, ग.१क. ६२१४, बा.४ख. ३३२१, ग.२ख. १४५, ग.१क. २४०२, ग.२ख. ३२८, ग.२ख. ११५६, ग.१क. ६३९२, ग.१क. ५११३, ग.१ख. ७९९० नम्बरका टिपर र ग.१त. ७०१२ नम्बरको ट्रयाक्टरलाई कारबाही सिफारिस गरिएको हो।

यी गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले असार १५ गते नदीजन्य पदार्थ लोड गर्नेक्रममा पोखरा महानगरपालिका १९ दसखेत घाटबाट नियन्त्रणमा लिएको थियो।

प्रहरी टोलीले नियन्त्रणमा लिएका ती गाडीलाई थप अनुसन्धानसहित कारबाहीका लागि जिल्ला अनुगमन समितिमा पेस गरेको थियो।

प्रकाशित: ७ श्रावण २०८१ ०६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App