२१ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको ना २१ प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेकी ४२ वर्षीया सुस्मा श्रेष्ठको मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।

मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले चलाएका थिए । घाइते भएका चालक न्यौपाने भने पुरानो मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन्। उनी अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ६ श्रावण २०८१ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App