३१ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

फाइल तस्वीर

मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ। वर्षौदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक खोलेको हो।

जितपुर–फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इञ्जिनियर भूमिनन्द ढकालले बताए। नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रवासीलाई सदरमुकाम हेटौंडा लगायत बजार आवतजावत गर्न सहज भएको छ।

‘‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्य समस्यामा थियौं”, बकैया गाउँपालिका–१२ का नीरज घलानले भने, “अब बाटाका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ।”

यस सडकलाई हेटौंडासम्म जोडिदियो भने सधैंका लागि समस्या समाधान हुने उनको भनाइ छ।

सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ। सो कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो। ती दुवै जिल्लाका २५ सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले बताए।

उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चार कल्भर्टको निर्माण भएको छ। पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०/८१ मा चितवनको माडी र रत्ननगरमा दुई पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए।  

प्रकाशित: २१ भाद्र २०८१ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App