२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङको फक्ताङलुङमा पहिरो,पालिकाको सभाहल र सवारीमा क्षति, आसपासका घर जोखिममा

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको केन्द्र आसपासमा पहिरोले क्षति पुर्‍याएको छ। गएरातिको वर्षासँगै गएको पहिरोले गाउँपालिकाको सभाहलमा क्षति पुगेको छ भने पालिका नजिक रहेका घरहरुमा समेत क्षति भएको छ।

गएरातीको २ बजे गएको पहिरोले पालिकाको केन्द्रसँगै रहेका घरहरुमा क्षति भएको पालिका अध्यक्ष राजन लिम्बूल जानकारी दिए। लिम्बूका अनुसार गाउँपालिकाको कार्यालयसँगै रहेको सुवास लिम्बूको घर तथा होटल पूर्ण रुपमा क्षति भएको छ।

पार्किङ गरेर राखिएका गाउँपालिकाको गाडी र मोटरसाईकलाई समेत पहिरोको लेदोले पुरेको पालिका अध्यक्ष लिम्बूले बताए। उनका अनुसार रातीको १२ र २ बजे गरी दुईपटक पहिरो गएको हो। रातको २ बजे देखि ३ बजे ठूलो पहिरो गएको र त्यसैले क्षति पुर्‍याएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिए।  

पहिरोसँगै भल नै आउन थालेपछि पालिका केन्द्र आसपास क्षेत्रमा रहेको नागरिकहरु सुरक्षित स्थानमा सरेकोे बताइएको छ। मानवीय क्षति हुन नपाएको गाउँपालिकाले जनाएको छ। 

यस्तै,पहिरोले बिजुलीका पोलहरु बगाएको छ। पशुचौपाया पहिरोले पुरेको खबरहरु समेत प्राप्त भएको बताउँदै तापेथोक प्रहरी चौकी इन्चार्ज सुरेश सिञ्जालीले क्षतिको विवरण संकलन भईरहेकोले पूर्ण विवरण आउन समय लाग्ने बताए। 

प्रकाशित: ४ श्रावण २०८१ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App