२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा लक्ष्य भन्दा बढी मुद्दा फर्स्योट

ताप्लेजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा ४ प्रतिशत बढी मुद्दा फर्स्योट गरेको छ।

जिल्ला अदालतका सूचना अधिकारी तथा इजलास अधिकृत विष्णुकुमार राईका अनुसार अदालतले ७० प्रतिशत मुद्दा फर्स्योट गर्ने लक्ष्य राखेकोमा ७४ प्रतिशत मुद्दा फर्स्योट गरेको हो।

‘आव २०८०/८१ मा दर्ता भएका मुद्दा बढी फर्स्योट भए’ राईले भने। आव २०७९/८० बाट जिम्मेवारी सरी आएका १ सय ४० मुद्दाको फर्स्योट सक्ने अदालतको लक्ष्य भने पूरा भएन।

जिम्मेवारी सरी आएका मध्ये आव २०८०/८१ मा कूल १ सय २४ थान मुद्दा फर्स्योट भई आव २०७९/८० का १६ थान मुद्दा चालू आव २०८१/८२ का लागि जिम्मेवारी सरी आएका छन्।

ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार(उपसचिव)मनोज बरालका अनुसार जिम्मेवारी सरी आएका १ सय ४० सहित आव २०८०/८१ मा कूल ४ सय ९५ थान मुद्दा रहेकोमा ३ सय ६८ थान मुद्दा फर्स्योट भएको छ।

आव २०८०/८१ मा नयाँ लगतको रुपमा दर्ता भएका ३ सय ५५ थान मुद्दामध्ये २ सय ४४ थान तथा फर्स्योट भई १ सय ११ थान तथा आव २०७९/८० बाट जिम्मेवारी सरी आएका १ सय ४० मध्ये १६ थान मुद्दा गरी चालू आवमा १ सय २७ थान मुद्दा चालू आवका लागि जिम्मेवारी सरी आएका छन्।

श्रेष्तेदार बरालका अनुसार अदालतमा अहिले २ बर्ष नाघेका ३ थान मुद्दा छन्। यस्तै १८ महिना देखि २ बर्ष भित्रका ९ थान,१२ महिना देखि १८ महिना भित्रका ४ थान,६ महिना देखि १२ महिना भित्रका ३१ थान र ६ महिना भित्रका ८० थान मुद्दा रहेका छन्। 

प्रकाशित: ३ श्रावण २०८१ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App