२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः सामान्य शिर कष्टसमेत देखा पर्न सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। जग्गा सम्वन्धी काममा कम फल प्राप्तिको योग छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी गर्न नमिल्ने योग छ।

वृष राशिः विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। राम्रो फल प्राप्ति हुनेछ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। सामान्य मतान्तर हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। सम्मान प्राप्त हुने योग छ।

मिथुन राशिः व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विभिन्न विलासी, टेक्निकल सम्बन्धी व्यापारको काम आरम्भ गर्नु होला। वैदेशिक यात्राको समय छ। फल प्राप्त योग छ। आफन्तसँग विलासी भेटघाट हुनेछ।

कर्कट राशिः विद्या अध्ययनमा मन बढ्ने छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। नेत्रमा सामान्य समस्या आउने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। समाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ।

सिंह राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययनअध्यापनमा सफलता छ। बाैद्धिक्ताको वृद्धि हुने देखिन्छ। वैदेशिक यात्राको योग देखिन्छ। आफ्नो क्षेत्रमा प्रगति मध्यम हुने देखिन्छ। प्रभुत्व बढाउन सफल भइने छ।

कन्या राशिः विद्यार्थीहरुका लागि पढाईको योग रहेको छ। छाला रोग देखापर्न सक्नेछ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। कुनै शुभकार्यका लागि निस्कदै हुनुहुन्छ भने दिनको पूर्वार्द्धमै निस्कनु होला।

तुला राशिः व्यापार, व्यवसाय गर्नेलाई भने दिन ठीकै छ। स्वास्थ्यको विषयमा धन व्यय हुने समय छ। नवीन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। यात्रामा फल प्राप्त योग छ। उन्नति प्रगति कम हुने देखिन्छ।

वृश्चिक राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। विद्यार्थीलाई पढाइ राम्रो छ। कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। व्यापार व्यवसायमा व्यय देखिन्छ। संगीसँग मध्यम छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ।

धनु राशिः स्वास्थ्यमा सामान्य बाधा देखिएला। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। वाणी प्रभाव बढ्ने छ। केही धन सन्चित हुने समय छ। वस्त्रसम्बन्धी व्यवसायमा लगानी गरे उचित लाभ प्राप्त हुनेछ।

मकर राशिः स्वदेश तथा विदेश यात्राको योग रहेको छ। धन आर्जन हुने देखिन्छ। यात्राको योग रहेको छ। लामो यात्रामा प्रवेश नगर्नु होला। व्यापारव्यवसायमा फल प्राप्तिको समय छ। धार्मिक कार्यमा रुचि देखिन्छ।

कुम्भ राशिः धार्मिक कार्यमा रुचि बढ्ने छ। उपलप्धि पूर्ण आर्थिक लाभ छ। व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने छ। मित्रसँग वैचारिक मेलको योग रहेको छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

मीन राशिः आर्थिक लाभमा केही बाधा हुने दिन रहेको छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। भूमि लाभको योग छ। मातृ प्रेम र पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ।

प्रकाशित: ३ श्रावण २०८१ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App